Logo

२८ असार,काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा विद्यमान विभेद हटाउनका लागि सबैले सामूहिक रूपमा काम गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौं जिल्लाका दलित समुदायबाट एस.ई.ई. उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले समाजमा राम्रो काम गरेमा चौतर्फी प्रशंसा मिल्ने भन्दै सामाजिक कार्यमा संलग्न हुन प्रेरित गरे।

“यो समाजमा रहेको विभेद हटाउनका लागि तपाईं हामी सबैले सामूहिक रूपमा प्रयास गरेर गर्न सकिन्छ,“ उनले भने, “मुख्य कुरा के हो भने हाम्रो समाजमा राम्रो ग¥यो भने सबैले ताली पिटेर वाहवाही गर्छन्।“

मन्त्री सिंहले उच्च शिक्षाका लागि नेपालमै पर्याप्त अवसरहरू रहेको भन्दै एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई उदाहरणीय बन्न प्रेरित गरे। “मिहेनत गर्नुपर्छ, उदाहरणीय बन्नुपर्छ त्यसका लागि अवसर छ। एस.ई.ई. पछि पढ्नका लागि नेपालमै राम्रा कलेजहरू छन्,“ उनले भने, “आफ्नो जीवन बनाउन आफूले आफैंलाई सम्हाल्न सक्नुपर्छ, त्यसैगरी देश बनाउन पनि सबै मिलेर गर्नुपर्छ।“


सम्बन्धित समाचार