आज बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बीच शीतलनिवासमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न बिहानै शीतलनिवास पुगेका थिए। यो भेटघाटलाई प्रधानमन्त्रीको सचिवालयले नियमित भेटवार्ता भनेको छ। भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ।
















