Logo

प्रतिकात्मक चित्र

१० असोज, धनुषा । धनुषामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन्। दुर्घटना कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते छन्। उनका अनुसार उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ।

प्रहरीका अनुसार, बिहीबार राति करिब साढे १० बजेतिर कमला नगरपालिका–३ लगमा बजारमा आयोजना भइरहेको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकलमा तीनै जना चढेर जाँदै थिए। उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार