Logo

१७ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग (NHRC) ले दशैँ बिदाका बीच पनि मुलुकभरका ११ वटै कार्यालयमार्फत सेवा प्रवाहलाई निरन्तरता दिएको जनाएको छ। आयोगका अनुसार, ललितपुरस्थित केन्द्रीय कार्यालयसहित सबै प्रादेशिक कार्यालयहरू खुला राखी उजुरी दर्ता तथा आकस्मिक मानव अधिकार उल्लङ्घनका घटनामा तत्काल अनुगमन भइरहेको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार, जनकपुर प्रादेशिक कार्यालयमा अहिलेसम्म मानव अधिकार उल्लङ्घनको एक घटना उजुरीको रूपमा दर्ता भएको छ, जसको तत्कालै अनुगमन गरिएको छ।

आयोगले दशैँ जस्ता चाडपर्वका समयमा नागरिकको आवतजावतमा देखिने कठिनाइ, अपराधका घटनामा सम्भावित वृद्धि, कालोबजारी र मूल्यवृद्धि, सार्वजनिक सेवा र आपूर्तिमा अवरोधजस्ता समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

“सार्वजनिक बिदामा समेत नागरिकका हक र सेवा सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्छ,” प्रवक्ता पोखरेलले बताए।

मानव अधिकार आयोगले सम्बन्धित निकायहरूलाई चाडपर्वका समयमा सार्वजनिक सेवा अवरुद्ध हुन नदिन, बजार अनुगमनलाई कडा बनाउन, र नागरिक सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।


सम्बन्धित समाचार