Logo

१८ असोज, काठमाडौँ । आश्विन शुक्ल द्वादशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्ने र मान्यजनको हातबाट आशीर्वाद ग्रहण गर्ने परम्परा निरन्तर जारी छ।

नवरात्रभर पूजा–आराधना गरी देवी विसर्जन सम्पन्न गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद ग्रहण र टीका–आशीर्वाद थाप्ने क्रम आगामी कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक विश्वास छ। यस अवधिमा परिवार, आफन्त र मान्यजनका घर–घरमा पुगेर टीका–जमरा थाप्ने परम्परा नेपाली समाजको प्रमुख सांस्कृतिक विशेषता मानिन्छ।

यद्यपि पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद ग्रहण गर्ने चलन प्रचलित छ।

धार्मिक परम्पराअनुसार विजयादशमीका दिनदेखि पूर्णिमासम्मको यो अवसरलाई पारिवारिक एकता, आत्मीयता र आपसी सद्भाव बढाउने पर्वका रूपमा लिने गरिन्छ।


सम्बन्धित समाचार