Logo

फाइल तस्वीर

१९ असोज, काठमाडौं । काठमाडौं उपत्यका र देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा गराएको मौसमी प्रणाली शुक्रबार र शनिबार सक्रिय रहँदा आज दिउँसोबाट नेपालबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले उक्त प्रणाली सिक्किम–भूटान आसपास क्षेत्रमा सक्रिय रहेको छ।

महाशाखाका अनुसार कोशी जलाधार क्षेत्रका केही ठाउँमा भइरहेको वर्षा पनि छिट्टै रोकिने सम्भावना छ। यद्यपि कोशी नदीको बहाव अझै उच्च स्तरमा रहेकोले तल्लो तटीय क्षेत्रमा बेलुकासम्म सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

यसैबीच, तत्काल ठूलो वर्षा गराउने नयाँ कुनै मौसमी प्रणाली सक्रिय हुने सम्भावना नरहेको पनि मौसमविद्ले जनाएका छन्।

महाशाखाले जनाए अनुसार, वर्षा गराउने प्रणाली बाहिरिएको भए पनि मनसुन अझै पूर्ण रूपमा बाहिरिएको छैन। नेपालमा मनसुनको औसत बाहिरिने मिति अक्टोबर २ (असोज १६) भए पनि केही दिन मनसुनको प्रभाव कायम रहने अनुमान गरिएको छ।


सम्बन्धित समाचार