१९असोज ,चितवन । तीन दिनदेखि निरन्तर परेको झरीका कारण राजमार्गमा अवरोध र जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले साँझ ६ बजेभित्रिन र छोड्ने सवारी आवतजावतको समय बढाएर राति ९ बजेसम्म पुर्याएको छ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले असोज १८ गतेदेखि लागू गरिएको यो नयाँ व्यवस्था अन्तर्गत चितवन हुँदै काठमाडौं र पोखरा जाने तथा चितवनतर्फ आउने सबै सवारी साधनलाई राति ९ बजेसम्म आवतजावत गर्न अनुमति दिइएको जानकारी दिए।
उनका अनुसार, जोखिम भने कायमै रहेकोले राति ९ बजेपछि आउने वा जाने सवारी साधनलाई होल्डिङ सेन्टरमा रोकिनुपर्ने व्यवस्था गरिने छ। झरी रोकिएको र मनसुन कमजोर हुँदै गएको अवस्थामा आज दिन खुलेसँगै चितवनमा रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम सुरु गरिएको प्रशासनले जनाएको छ।
यो कदमले राजमार्गको भीड व्यवस्थापन र यात्रुको सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















