२० असोज, काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ३ करमबोटस्थित सुनकोशी नदी किनारमा महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नामथर तथा वतन नखुलेको, करिब ४०–४५ वर्ष उमेर जस्तो देखिने महिला व्यक्तिको शव पानीमा घोप्टो परी घुमिरहेको अवस्थामा भेटिएको हो। प्रहरीले शवलाई पानीबाट निकालेर आवश्यक प्रक्रिया अघि बढाएको छ।
मृतकको सनाखत तथा घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















