Logo

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाई पदबाट हटाउन पार्टीभित्र दबाब तीव्र भएको छ।

इतर समूहका नेताहरूले विशेष महाधिवेशन को माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर असोज २५ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा दर्ता गर्ने तयारी गरेका छन् । यो कदम सभापति देउवाले असोज २६ गते का लागि केन्द्रीय समितिको बैठक बोलाएको ठीक एक दिनअघि चालिँदैछ ।

महाधिवेशन प्रतिनिधिद्वारा दबाबको तयारी

नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा निकट महाधिवेशन प्रतिनिधिहरूले असोज ६ गते संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा ले हस्ताक्षर संकलनको गति बढाउन आग्रह गर्दै २५ गते नै निवेदन दर्ता हुने जानकारी दिएका छन् । उनले विशेष महाधिवेशनको पक्षमा उभिएका प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र नै हस्ताक्षर गरिसक्न आह्वान गरेका छन् ।

४० प्रतिशत हस्ताक्षरको दाबी

कांग्रेस विधानअनुसार, कुल महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत ले हस्ताक्षर गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । सभापति देउवालाई तत्काल हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र इतर पक्षको नेतृत्व गरिरहेका डा। शेखर कोइराला स्पष्ट रूपमा उभिएका छन् । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्कलन गरिरहेका नेताहरूले ४० प्रतिशत हस्ताक्षर सङ्कलन भइसकेको दाबी गरेका छन्। अब असोज २५ गते हस्ताक्षर दर्ता भएमा कांग्रेसको केन्द्रीय राजनीति


सम्बन्धित समाचार
भर्खरै