२४ असोज,वीरगञ्ज । वीरगञ्ज–पथलैया सडक खण्डअन्तर्गत गण्डक चौकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २३४५ नम्बरको मिनी बस गण्डक चौक नजिक बिहान करिब ११ः३० बजे दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार, तिव्र गतिमा रहेको मोटरसाइकललाई
जोगाउने प्रयासमा मिनी बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते दुई जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।















