२४ असोज, काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका २० वटा महत्त्वपूर्ण निर्णयहरू सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आज सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री खरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले देशको वर्तमान अवस्था, वित्तीय व्यवस्थापन र प्रशासनिक सुधारका लागि निम्न प्रमुख निर्णयहरू गरेको छ ।
अविरल वर्षा र बाढीपहिराबाट ठूलो क्षति भएको इलाम जिल्लालाई ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, गृह मन्त्रालयले असोज १९ र २० गते घोषणा गरेको सार्वजनिक बिदालाई समर्थन गर्दै अनुमोदन गर्ने, वैकल्पिक विकास वित्त परिचालन का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अगाडि बढाउने र न्याय सेवाका ८ जना अधिकृतहरूको सरुवा गर्ने मुख्य निर्णयहरु हुन् ।

















