Logo

१६ कात्र्तिक, काठमाडौं । सडकमाथिबाट खसेका विशाल ढुङ्गा पन्छाएपछि हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्ततः पुनः सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित सडकमा ठुला ढुङ्गा खस्दा आज बिहान ६ बजेदेखि यो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटी ले सडकमा खसेको ढुङ्गासहितको पहिरो हटाइएपछि कान्ति लोकपथमा यातायात सञ्चालन भएको पुष्टि गरे ।

कुलेखानी–सिस्नेरी सडक अझै बन्द

यसैबीच, हेटौँडा–काठमाडौँ जोड्ने अर्को महत्त्वपूर्ण मार्ग हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै सञ्चालनमा आउन सकेको छैन ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खसेका कारण यो सडक शनिबार साँझदेखि अवरुद्ध भएको हो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् । प्रहरीले पहिरो पन्छाउने कार्य जारी राखे पनि, निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गा माटो खस्ने क्रम नरोकिएकाले बाटो खुलाउन समस्या भइरहेको डीएसपी बोगटीले बताए ।


सम्बन्धित समाचार