Logo

२५ कात्र्तिक, काठमाडौं । पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ गठन गर्ने अन्तिम तयारीमा जुटेका छन् र यसका लागि उनको समूह आजै निर्वाचन आयोग जाने तयारीमा छ ।

आयोगमा जानुअघि घिसिङको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी निवर्तमान सांसद सुमना श्रेष्ठ र हामी नेपालका संस्थापक सुदन गुरुङसँग निर्णायक छलफल गरिरहेको छ । सुरुवातमा यी तीनै पक्ष एकताबद्ध भएर एउटै पार्टी बनाउने प्रयासमा थिए, तर पार्टीको नामलगायतका विषयमा सहमति हुन नसक्दा सुमना श्रेष्ठ र कुलमान घिसिङको टोलीले छुट्टाछुट्टै बाटो रोजेको थियो ।

यद्यपि, कुलमान निकट जितराम लामाका अनुसार आइतबार र सोमबारको निरन्तर छलफलपछि केही असहमति आए पनि आज ९मङ्गलबार० फेरि उनीहरूलाई एकीकृत गरेर एउटै पार्टी बनाउने विषयमा अन्तिम चरणको छलफल भइरहेको छ। लामाले सहमति जुटेको खण्डमा उनीहरू एकीकृत ढंगले नै निर्वाचन आयोगमा जाने बताएका छन् । छलफल सकिएपछि केही ढिलो गरी आयोग जाने तयारी गरिएको छ।

हाल सरकारमा मन्त्री रहेका कारण कुलमान घिसिङ तत्काल पार्टीमा सक्रिय नहुने भएकाले पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराउने तयारी गरिएको छ। पार्टीको प्रस्तावित चुनाव चिह्न बिजुलीको चिम राख्न प्रस्ताव गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै