Logo

२५ कात्र्तिक, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा पुनः सुरु भएको छ।

पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनका कारण तीन दिनका लागि स्थगित भएको यो बैठक मंगलबारबाट फेरि बसेको हो । गत असोज २८ गते सुरु भएको र हालसम्म निष्कर्षमा पुग्न नसकेको यो बैठकले देशमा हालै ‘जेनजी आन्दोलन’ पछि उत्पन्न भएको परिस्थितिको गम्भीर विश्लेषण गरिरहेको छ । यस जटिल राजनीतिक अवस्थामा पार्टीको भूमिका र आगामी रणनीतिक बाटो के हुनुपर्छ भन्ने विषयमा बैठक केन्द्रित रहेको छ ।
साथै, कांग्रेसभित्र पार्टीको आन्तरिक भविष्यलाई लिएर पनि महत्त्वपूर्ण छलफल चलिरहेको छ ।

आगामी १५औँ महाधिवेशन नियमित समयमै गर्ने वा देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा केन्द्रीय कार्यसमिति सदस्यहरूबीच बहस भइरहेको छ। नेता आलमको निधनमा भने पार्टीले गत शनिबारको आकस्मिक बैठकबाट शोक प्रस्ताव पारित गरिसकेको थियो।


सम्बन्धित समाचार
भर्खरै