२५ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन्। असहज परिस्थितिका बाबजुद यादवले मधेश भवन प्रवेश गरी पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण समारोहको समयमा सात राजनीतिक दलका सांसद तथा नेता–कार्यकर्ताहरू मधेश भवन अगाडि नाराबाजी गरिरहेका थिए। विरोध प्रदर्शन र नाराबाजीको क्रममा सांसद, नेता तथा कार्यकर्ताहरू र प्रहरीबीच झडप भएको छ।
प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ। यसका कारण हाल मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त रहेको छ।
यसैबीच, राजनीतिक वातावरणमा तनाव बढेसँगै आगामी दिनमा प्रदेश राजनीतिक स्थायित्वमा असर पर्न सक्ने चेतावनी पनि जारी गरिएको छ।

















