Logo

१२ मंसिर,नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४–५ मा भारत भ्रमणमा आउने भएका छन्। यस भ्रमणको निमन्त्रण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका हुन्।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि राष्ट्रपति पुटिनले भ्रमणको क्रममा २३ औँ वार्षिक भारत–रुस शिखर सम्मेलनमा भाग लिनेछन्। साथै उनी प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्ता गर्ने र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट हुने जनाइएको छ।

विदेश मन्त्रालयका अनुसार यो भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने अवसर दिने र रणनीतिक साझेदारी अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। भेटवार्तामा दुवै नेताले विश्वव्यापी मुद्दामा पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

पुटिन यसअघि अन्तिम पटक २०२१ को डिसेम्बरमा भारत भ्रमणमा आएका थिए। त्यसपछि, २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिन भारत भ्रमणमा आएका थिएनन्। सन् २०२३ को सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित जी–२० शिखर सम्मेलनमा पनि उनी उपस्थित भएनन्।


सम्बन्धित समाचार