१० चैत, काठमाडौँ । निर्माण सामग्री (हार्डवेयर) व्यवसायीहरूको साझा संस्था निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको २८औँ साधारणसभा तथा १८औँ अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने राजेन्द्र ओली विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघ का पदाधिकारी, विभिन्न वस्तुगत संघका प्रतिनिधि, संघका संरक्षक, आजीवन सदस्य, विशिष्ट सदस्य तथा साधारण सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अधिवेशनले २०८२–०८४ कार्यकालका लागि अर्जुन लामिछानेलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा तोयानाथ घिमिरे, प्रथम उपाध्यक्षमा शालिक दवाडी, द्वितीय उपाध्यक्षमा विश्वबन्धु पौडेल, तृतीय उपाध्यक्षमा बाबुराज श्रेष्ठ चयन भएका छन् । महासचिवमा सुनिल आचार्य, सचिवमा मनोज खनाल, कोषाध्यक्षमा अस्मिता तिमिल्सिना रिजाल तथा सह–कोषाध्यक्षमा हरि प्रसाद अधिकारी चयन भएका छन् ।
सदस्यहरूमा रोशन आचार्य, प्रजित अर्याल, मनिष रौनियार, प्रमोद आचार्य, रामप्रसाद घिमिरे, दीपक न्यौरे, लक्ष्मण सापकोटा, सुरेश सुवेदी र ईश्वर अगस्ती चयन भएका छन् ।
उक्त अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै संघले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र व्यवसाय प्रवर्द्धनमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।

















