Logo

१२ चैत,काठमाडौं । अबुधाबीमा वायु रक्षा प्रणालीद्वारा रोकिएको क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। घटनामा केही सवारीसाधनमा समेत क्षति पुगेको छ।

अबुधाबी मिडिया अफिसका अनुसार यो आक्रमण रोकिए पनि ब्यालिस्टिक क्षेप्यास्त्रका टुक्राहरू खस्दा जनधनको क्षति भएको हो। युएईले यसअघि इरानबाट आएका नयाँ ड्रोन र मिसाइल आक्रमणको रिपोर्ट गरेका थिए र ती आक्रमणहरू वायु रक्षा प्रणालीले रोक्न सफल भएको बताएको थियो।

युएई रक्षा मन्त्रालयले बुधबार रातिदेखि समाचार लेखिएको समयसम्म कम्तिमा तीन पटक आक्रमणको चेतावनी जारी गरेको छ। बीबीसी दक्षिण एसियाका संवाददाता आजादेह मोशिरीका अनुसार खाडी क्षेत्रमा भएका आक्रमणबाट युएई सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ इरानले २,१०० भन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ।

सरकारले आक्रमण रोक्न गरिएको कार्यको जानकारीमाथि कडा नियन्त्रण राखेको छ। आक्रमणको तस्बिर वा भिडियो खिच्ने प्रयासमा १०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको छ। सुरक्षा अधिकारीहरूले भने, इरानसँग वार्ता भएमा दीर्घकालीन रूपमा उसको क्षेप्यास्त्र र ड्रोन भण्डारमा प्रतिबन्ध र नियन्त्रण चाहिने बताएका छन्।


सम्बन्धित समाचार