Logo

१५ चैत, काठमाडौँ । सरकारले विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको सय कार्यसूचीमा विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने पनि उल्लेख छ । शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप रोक्न दलीय विद्यार्थी संगठन हटाउने जनाइएको छ ।

दलीय विद्यार्थी संगठनको सट्टामा ९० दिनभित्र नयाँ संरचना बनाइने कार्यसूचीमा उल्लेख छ । जसमा विद्यार्थी काउन्सिल वा भ्वइस अफ स्टुडेन्ट नाम दिने जनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै