Logo

३१ वैशाख,सिम्रौनगढ ।  सनातन धर्म रक्षा मञ्च सिम्रौनगढको ८२औँ सत्संग गोष्ठी बिहीबार बाराको आदर्श कोतवाल गाउँपालिका–७, धावाटोलामा सम्पन्न भएको छ।

सनातन धर्म रक्षा मञ्च सिम्रौनगढका अध्यक्ष ओमप्रकाश ठाकुर को अध्यक्षतामा सम्पन्न गोष्ठीमा आत्मबोध समाज निर्माण, हत्या–हिंसारहित समाज, नशामुक्त समाज, भेदभावरहित समाज तथा नैतिक र चरित्रवान समाज निर्माणमा जोड दिइएको थियो।

कार्यक्रममा सत्संगमार्फत सामाजिक सुधार र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न धर्म–सम्प्रदायका अनुयायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा “जय श्रीराम”, “राधे राधे”, “ओम नमो नारायण”, “जय गुरुदेव”, “साहेब बन्दगी”, “सच्चिदानन्द” र “ओम शान्ति” लगायत १२ वटा धार्मिक धाराका अनुयायीहरूको उपस्थिति रहेको थियो।

मञ्चका सचिव बैकुन्ठ प्रसाद ले कार्यक्रमको सहजीकरण गरेका थिए। सत्संग गोष्ठीमा संजय शास्त्री (प्रणामी), महेन्द्र प्रसाद यादव, छबिलाल महाराज, सिकेन्द्र प्रसाद यादव, तेजीलाल व्यास र बैकुन्ठ प्रसाद जयसवालले प्रवचन दिएका थिए।

आयोजकका अनुसार सत्संग गोष्ठी प्रत्येक महिनाको अन्तिम बिहीबार विभिन्न स्थानमा आयोजना गरिँदै आएको छ, जसको उद्देश्य सामाजिक एकता, नैतिक चेतना र आध्यात्मिक जागरण प्रवर्द्धन गर्नु हो।


सम्बन्धित समाचार