Logo

१७ जेठ, काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले सर्वसाधारणमाथि मूल्यवृद्धिको भार थपे पनि मन्त्रीहरूको निजी सम्पत्तिमा भने उल्लेख्य वृद्धि गरेको छ ।

बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएसँगै सुनको मूल्यमा एकै दिन प्रतितोला २० हजार ५ सय रुपैयाँको वृद्धि भएको छ । यसले गर्दा क्याबिनेटमा रहेका १५ जना मन्त्रीहरूसँग रहेको सुनको मौज्दातको मूल्य मात्रै करिब डेढ करोड रुपैयाँले बढेको पाइएको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार क्याबिनेटमा रहेका मन्त्रीहरूसँग हाल ७१० दशमलव ५० तोला सुन रहेको छ। आइतबार भएको मूल्य समायोजनपछि सोही परिमाणको सुनको मूल्य १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको हो । बजेटको नीतिगत व्यवस्थाले गर्दा मन्त्रीहरूको सम्पत्तिमा भएको यो वृद्धिले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ ।

प्राप्त विवरण अनुसार, यसबाट सबैभन्दा बढी लाभान्वित प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० भएका छन्। १९० तोला सुनको मालिक रहेका प्रधानमन्त्री शाहको सम्पत्तिमा मात्रै ३८ लाख ९५ हजार रुपैयाँको वृद्धि भएको छ । त्यस्तै, १८० तोला सुन विवरणमा उल्लेख गरेकी उद्योग मन्त्री गौरीकुमारी यादवको सम्पत्तिमा ३६ लाख ९० हजार रुपैयाँले बढोत्तरी भएको छ ।

बजेटले सुनमा थप गरेको भन्सार शुल्क र करको भारले बजार भाउ ३ लाख ११ हजार १ सय रुपैयाँ पुग्दा, मन्त्रीहरूको घोषित सुनको मूल्यमा समेत अस्वाभाविक वृद्धि देखिएको हो ।


सम्बन्धित समाचार