Logo

३० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिर क्षेत्रको शिवालयमा भएको युवक हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत फागुन ६ गते पशुपति–१५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका रानामगरलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।

प्रहरीले मृतक सन्तोष परियार र पक्राउ परेका सुबिन रानामगर दुवै जना पशुपति क्षेत्रमा बसोबास गर्दै आएका साधु रहेको जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।


सम्बन्धित समाचार