Logo

४ असार, काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिको सिटी रंगशालामा सम्पन्न रोमाञ्चक भिडन्तमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सानदार जित दर्ता गरेको छ ।

खेलको पहिलो हाफको ४०औँ मिनेटमा ड्यानिएल मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलोपटक विश्वकपको मञ्चमा उत्रिएको उज्वेकिस्तानले दोस्रो हाफको ६०औँ मिनेटमा एबोसबेक फायजुलेभको हेड गोलमार्फत खेल बराबरीमा ल्याउँदै प्रतिस्पर्धालाई रोचक बनाएको थियो ।

तर, उज्वेकिस्तानको त्यो खुसी धेरैबेर टिकेन । खेलको ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए ।

निर्धारित समयपछि थपिएको इन्ज्युरी समयको नवौँ मिनेटमा जमिन्टन काम्पाजले तेस्रो गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे। यो जितसँगै कोलम्बिया ३ अंक जोड्दै समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ ।


सम्बन्धित समाचार