Logo

१८ असार, कञ्चनपुर । कञ्चनपुरका स्थानीय पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालतको पुराना फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध विगतमा दर्ता भएको गालीबेइज्जती (गालीगलौज) सम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो । उक्त मुद्दाको अन्तिम किनारा लगाउँदै अदालतले भण्डारीलाई दोषी ठहर गरी एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला सुनाएको थियो ।

अदालतबाट तोकिएको उक्त सजाय भुक्तान गराउन बाँकी रहेकाले फैसला कार्यान्वयन प्रक्रिया अन्तर्गत नै उनलाई पक्राउ गरिएको डीएसपी रावतले प्रस्ट पारे । प्रहरी हिरासतमा राखिएका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया र कागजात पूरा गरी सजाय भुक्तानका लागि कारागार चलान गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार