१८ असार, काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारका नियमित तथा समसामयिक कार्यसूचीहरूमा छलफल गर्न दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने आजको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ । सरकारले लिने नयाँ नीतिगत निर्णय तथा देशका जल्दाबल्दा समस्याहरूमा केन्द्रित रहने यो बैठकले आज साँझसम्म महत्त्वपूर्ण सार्वजनिक सरोकारका विषयहरूमा निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।



















