१८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आह्वानमा बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।
सरकार गठनको सय दिन पूरा हुन लागेको सन्दर्भमा आजको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ । बैठकमा सरकारको काम कारबाहीको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको बुझिएको छ ।
नियमित प्रशासनिक तथा विकास निर्माणका प्रस्तावहरूसँगै समसामयिक राजनीतिक घटनाक्रम र सार्वजनिक सरोकारका विषयमा आजको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को बैठकले लिने यी निर्णयहरूले आगामी दिनमा सरकारको गति र प्राथमिकतालाई थप स्पष्ट पार्नेछ ।



















