Logo

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको बताउनु भएको छ ।

सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले यस्तो बताउनु भएको हो । शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताउनु भयो ।

उनले यस विषयमा सुकुमबासी बस्ती उठाउने विषयलाई उदाहरण दिँदै कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको थापाको भनाई छ ।

थापाले शाह नेतृत्वको रास्वपाको एकल सरकार नागरिकको जीवन (लाइफ) भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता) मा लाग्दा समस्यामा परेको बताउनु भयो । सभापति थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा समेत गर्नुभएको छ ।


सम्बन्धित समाचार