Logo

२९ असार, काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दर्ता गरेका छन् ।

अनुसन्धानका लागि गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । पीडित परिवारले दिएको दिएको जाहेरी दर्ता गरिएको जनाईएको छ ।

आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो । जाहेरी अनुसार अनुसन्धान र अन्य कानुननी प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो ।

जाहेरी दर्ता गरेसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ । गणेशको शव शिक्षण अस्पतालमा राखिएको छ । असार २५ मा त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ घर भएका गणेशका असार २६ मा वीर अस्पतालमा मृत्यु भएको थियो । महानगर प्रहरीसँग मोटरसाइकलमा ह्विल लक गरेको विषयमा विवाद हुँदा उनले आत्मदाह गरेका हुन् ।


सम्बन्धित समाचार