Logo

२९ असार, काठमाडौं । दाङको घोराहीका शिक्षा अधिकृतलाई मोबिल खन्याउने वडा सदस्य पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरालाई मोबिल खन्याउने वडासदस्य उत्तम बुढाथोकी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीले बुढाथोकीलाई घोराहीबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचनमा असन्तुष्टि जनाउँदै घोराही–१५ का वडा सदस्य उत्तम बुढाथोकीले बोहरालाई मोबिल खन्याइदिएका थिए ।

नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य बुढाथोकीले उक्त घटनाको भिडिओ आफैँ सामाजिक सञ्जालमा राखेका थिए ।


सम्बन्धित समाचार