Logo

३० असार, काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले नियमापत्ति गरेका छन् ।

बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ‘ श्री ८’ को संज्ञा दिएका थिए ।

उनले भनेका थिए, ‘ सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’

उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘ तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’

सांसद राईको यस्तो अभिव्यक्तिमा रास्वपाका सांसद शिवजयी यादवले नियमापत्ति गरेका हुन् ।

उनले भने, ‘ हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ ।

संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’

 


सम्बन्धित समाचार