Logo

३१असार,वीरगञ्ज । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ। बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले बजेट पारित गरेको हो।

मधेश सरकारका तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत १ असारमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।

बजेटमा त्रुटि रहेको भन्दै प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलहरूले संशोधनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए। उनीहरूले विवाद समाधानका लागि कार्यदल गठन गर्नुपर्ने मागसमेत राखेका थिए।

बजेट विवाद समाधानका लागि गत २८ असारमा मधेश प्रदेश सभाले सात सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले मंगलबार प्रदेश सभामा १० बुँदे प्रतिवेदन पेश गरेको थियो।

कार्यदलले पेश गरेको १० बुँदे सुझावलाई समेत बजेटको अंग बनाउँदै प्रदेश सभाले बजेट सर्वसम्मतिले पारित गरेको हो।


सम्बन्धित समाचार
भर्खरै