Logo

३१असार,वीरगञ्ज ।जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ विशेष अभियानअन्तर्गत एकै दिन ९ जना प्रतिवादी पक्राउ परेका छन्।

विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहँदै आएका उनीहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटहरूले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका विषुन्द्र साह, विवेक मणि यादव, विकास कुमार, आशनारायण साह र रतेश कुमार मिश्र रहेका छन्।

त्यस्तै चोरी तथा डाँका मुद्दामा लक्ष्मी प्रसाद चौधरीसहितका प्रतिवादीहरू पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई अदालतले तोकेको कैद तथा जरिवाना असुलीका लागि मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरूमाथि अदालतको फैसला अनुसार २ वर्षसम्म कैद र २७ हजार रुपैयाँ जरिवाना असुलीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै