३२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारतीय विश्वविद्यालयबाट डिग्री लिएका ११४ विद्यार्थीको समकक्षता रद्द गरिएको बताएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रदान गरेपनि छानविन समितिको सुझावका आधारमा ११४ विद्यार्थीको समकक्षता रद्द गरिएको हो ।
भारत मेघालयको CMJ University, Jorabat र Techno Global University, Shillong,, मणिपुरको Sangai International University तथा भारत भारखण्डको Pragyan International University बाट प्राप्त गरेका उपाधिको समकक्षता पत्रहरु रद्द गरिएका हुन् ।
मधेश प्रदेशका विद्यार्थी
यसरी समकक्षता प्राप्त गर्नेहरुमा अधिकांश मधेश प्रदेशका विद्यार्थीहरु रहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द समेत गरेको छ ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रले सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएसँगै यो निर्णय गरिएको सुचनामा उल्लेख गरेको छ ।
भारतको सरकारी निकायले विश्वविद्यालयका शैक्षिक योग्यतालाई अवैधानिक भनेपछि त्रिविले आफूले दिएको समकक्षताबारे छानबनि गर्न समिति समेत बनाएको थियो ।



















