Logo

३२ असार, काठमाडौं ।नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर प्रवाह गरिने मार्जिन प्रकृतिको कर्जासम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण हेरफेर गरेको छ ।

केन्द्रीय बैंकको नयाँ नीतिअनुसार अब बजारमा वित्तीय रूपमा सबल र राम्रा मानिएका सूचीकृत कम्पनीहरूको शेयर सुरक्षण राखेर ८० प्रतिशतसम्म कर्जा लिन पाइने भएको छ ।

यसअघि सबै वर्गका सूचीकृत कम्पनीहरूको शेयर धितोमा बढीमा ७० प्रतिशत मात्र ऋण पाइने सामान्य नियम रहेकोमा, अहिले राष्ट्र बैंकले सबल कम्पनीहरूको हकमा उक्त सीमामा थप १० प्रतिशत विन्दुले वृद्धि गरिदिएको हो ।

यो सुविधा पाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाहरूको वित्तीय सबलता मूल्यांकन गर्नुपर्नेछ । ऋण लगानी गर्ने इजाजतपत्रप्राप्त संस्थाहरूले एउटा स्पष्ट ुप्रडक्ट पेपरु तयार गरी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त प्रडक्ट पेपरमा कम्पनीको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा र लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय अनुपालन तथा नियमित साधारण सभा सम्पन्न भएरनभएको जस्ता सूचकहरू समावेश गरेर विधिपूर्वक मूल्यांकन गर्नुपर्नेछ ।

सोही मूल्यांकनका आधारमा उच्च अंक पाउने कम्पनीहरूको शेयरमा मात्र ७० प्रतिशतको सीमामा थप १० प्रतिशत विन्दु थपेर ८० प्रतिशतसम्म कर्जा दिन सकिनेछ ।


सम्बन्धित समाचार