Logo

३२ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन्।

जिल्ला कार्यसमितिहरूको साङ्गठनिक अवस्थाबारे छलफल र समीक्षा गर्नका लागि अध्यक्ष राउतले बैठक बोलाएको उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख डा.जयकान्त राउतले बताएका छन्।

भर्चुअल माध्यमबाट बस्ने बैठक राति ८ बजेदेखि सुरु हुने उनले बताए। बैठकले जिल्ला कार्यसमितिहरूको संगठनात्मक मासिक समीक्षा गर्ने उनले बताउनुभयो।

बैठकमा सबै पदाधिकारीहरूको अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

 


सम्बन्धित समाचार