Logo

१ साउन, काठमाडौँ । सरकारले सरकारी जागिरबाट पेन्सन पकाएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै कुनै पनि सरकारी सेवाबाट अवकाश भएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको हो ।

सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्तिभरण पाइरहेका करारका कर्मचारीहरूलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर गरी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय सरकारले गरेको उल्लेख छ ।

निवृत्तिभरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’ मा राखिनेछ । यसको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्ने निर्णय सरकारले गरेको छ ।


सम्बन्धित समाचार