Logo

११ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन (आइतबार) सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातायता नै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। गत सोमबार प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता क्रमशः बढ्दै गएको हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी गत साताको सोमबार भने ४ हजार ३ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


सम्बन्धित समाचार
भर्खरै