Logo

११ साउन, काठमाडौं । विशेष अदालतको थुनामा पठाउने आदेशविरुद्ध व्यवसायी दीपक भट्टले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनको सुनुवाइ न्यायाधीश विनोद शर्माको एकल इजलासमा हुने भएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएपछि विशेष अदालतले भट्टलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेश गैरकानुनी रहेको दाबी गर्दै उनले गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश शर्माको इजलासमा पेसी तोकिएको हो ।


सम्बन्धित समाचार
भर्खरै