Logo

१७ वैशाख, वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर गौशालाको गाँईको पालनपोषण र रेखदेख आफैँ गर्ने भएको छ । भुमाफियाले जीतपुर गौशालाको अबैध संरचना हटाउँन खोज्दा त्यहाँ रहेको गाँईलाई देखाएर धार्मिक द्धँन्द्ध सिजर्ना गर्न खोजेपछि जीतपुर गौशालाको गाँईको पालनपोषण र रेखदेखको जिम्मेवारी उपमहानगरपालिकाले लिएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले एक सुचना जारी गरी गाँईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई पनि दैनिक ज्यालादारीमा भर्ना गरी न्युक्ति दिने जानकारी दिनुभयो । उहाँले गाँईको पालनपोषण र रेखदेखमा खटिएका कर्मचारीहरुलाई उपमहानगरपालिकाको कार्यालयमा सम्पर्क गरी यथाशिघ्र दैनिक ज्यालादारीको न्युक्ति लिन अनुरोध गर्नुभएको छ । गौशालाको विषयलाई लिएर जीतपुर सिमरा उपमहानगरपालिकाका र जिल्ला प्रशासन कार्यालय बाराबीच तीत्तता बढेको छ । अदालतले जीतपुर सिमरा उपमहानगरपालिकाको पक्षमा फैसला गरेपछि अनाधिकृत संरचना भत्काउन खोज्दा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अवरोध गरेका छन् । न्यायालयको फैसला र स्थानीय सरकार सञ्चारन ऐन २०७४ समेतको उल्लंघन हुनेगरी प्रमुख जिल्ला अधिकारी सापकोटाले हस्तक्षेप गरेपछि जीतपुरसिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाराबीच द्वन्द्व बढेको छ । यसविषयमा बाराका प्रमुख जिल्ला अधिकारी सापकोटासँग प्रतिक्रिया लिनका लागि सम्पर्क गर्दा आफू कार्यक्रममा रहेको भन्दै प्रतिक्रिया दिनबाट पन्छिएका छन् ।


सम्बन्धित समाचार