Logo

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार जनतामा आशा जगाउन असफल भएको भन्दै कडा आलोचना गरेका छन् ।

गणेश नेपालीको आत्मदाह प्रकरणलाई नागरिकको गहिरो निराशाको प्रतिनिधि घटनाका रूपमा व्याख्या गर्दै उनले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गम्भीर प्रश्न तेर्स्याएका हुन् ।

शर्माले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पुराना दलहरू पछि नयाँ शक्तिको आगमन भए पनि समाजमा किन आशा सञ्चार हुन नसकेको भन्दै प्रश्न उठाएका छन् । उनले सरकार आशाको सट्टा त्रासको प्रतीक बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीलाई आफ्नो गम्भीरताप्रति पुनस् गम्भीर बन्न आग्रह गरेका छन् ।

साथै, उपसभापति शर्माले रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै ‘के सबै ठिकठाक भइरहेको छ?’ भनी प्रश्न गर्दै समाजमा आशा मरे विश्वास पनि जीवित नरहने चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार