Logo

२६ असार, काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कार्यशैलीलाई लिएर प्रतिनिधिसभामा कडा आलोचना भएको छ ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद खडकबहादुर शाहीले सरकारकै दमनकारी नीति र हैकमवादका कारण गरिब निमुखा नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाउँदै सरकारले घटनालाई लिएर नाटक मञ्चन गरिरहेको जिकिर गरेका छन् ।

सांसद शाहीले गणेश नेपालीको मृत्यु भइसकेको अवस्थामा पनि सरकारले झुटो विवरण दिँदै ‘स्टन्टबाजी’ गरेको गम्भीर आरोप लगाएका छन्। उनले भने, ूमान्छे मृत्यु भइसकेको छ, तर वीर हस्पिटलमा उपचार भइरहेको छ भन्दै पत्रकार सम्मेलन गरिन्छ।’ सरकारले राति नै निधन भइसकेका नेपालीको मृत्युको घोषणा बिहानसम्म लुकाएर राखेको भन्दै उनले हस्पिटल प्रशासन र स्वास्थ्य मन्त्रीलाई समेत यस विषयमा प्रश्न गरेका छन् ।

यस घटनाबाट आक्रोशित सांसद शाहीले सरकारको गैरजिम्मेवार व्यवहार र जनतामाथि थोपरिएको अन्यायका विरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । उनले मुगुवासी जनताका साथै न्यायप्रेमी सम्पूर्ण नेपालीलाई एकजुट भई वीर हस्पिटल केन्द्रित आन्दोलनमा सहभागी हुन सदनमार्फत नै सार्वजनिक आह्वान गरेका छन् ।


सम्बन्धित समाचार