Logo

१८ जेठ, काठमाडौँ । सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिले दुई देशबीचको कूटनीतिक माहोल ततिएको समयमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भ्रमणको कार्यसूची र भेटवार्ता

सभापति लामिछाने आज दिउँसो १ः३० बजे नेपाल एयरलाइन्सको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रास्वपाका अनुसार १८ देखि २२ जेठसम्म लामिछानेले भारतमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक भेटवार्ता गर्नेछन् ।

भाजपाले जारी गरेको विज्ञप्तिअनुसार लामिछानेको टोलीले भाजपाका अध्यक्ष नवीनसहित पार्टीका वरिष्ठ नेतृत्वसँग औपचारिक भेटवार्ता गर्नेछन्। यस भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, पार्टीगत सहकार्य र आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

राजनीतिक भेटघाटबाहेक लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्नेछन् भने व्यक्तिगत कार्यक्रमअन्तर्गत अयोध्या भ्रमण गर्ने कार्यसूची पनि रहेको छ । सभापति लामिछानेसँगै भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्यहरू दीपक बोहोरा र प्रदीप आचार्य रहनेछन् ।


सम्बन्धित समाचार