Logo

२० जेठ, काठमाडौं । नेपाली बजारमा सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेपछि हाल स्थिर देखिएको छ ।

केही दिनअघि मात्रै तोलामा २० हजार ५ सय रुपैयाँको अस्वभाविक छलाङ मारेको सुनको मूल्य बुधबार स्थिर रहँदै प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँले बढेको सुनको भाउमा आज थप उतारचढाव देखिएको छैन ।

यता, चाँदीको मूल्यमा भने आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको भाउ प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँ रहेको थियो ।

स्मरण रहोस्, नेपाली बजारमा सुनको मूल्य गत माघ १५ गते ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च बिन्दु चुमेको थियो भने सोही दिन चाँदी पनि ७ हजार ५ सय ५ रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको थियो । लगातारको मूल्यवृद्धि र पछिल्लो अस्थिरताले गर्दा सुनचाँदी बजारमा सर्वसाधारण उपभोक्ता र व्यवसायी दुवैले असहज महसुस गरिरहेका छन् ।


सम्बन्धित समाचार