Logo

२० जेठ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रमा सक्रिय रहेका विभिन्न संस्था र व्यक्तिहरूलाई लक्षित गर्दै संयमित हुन कडा चेतावनी दिएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकनास नरहने भन्दै राज्य संयन्त्रका जिम्मेवार निकायहरूलाई ‘उत्ताउलिएर धेरै अगाडि नबढ्न’ सार्वजनिक रूपमा आग्रह गरेका हुन् । उनले अहिलेको अवस्था धेरै लामो समयसम्म नटिक्ने दाबीसमेत गरे ।

अध्यक्ष ओलीले नेपालको राजनीतिक इतिहासको स्मरण गराउँदै ठूला–ठूला शक्ति र व्यवस्थाहरू ढलेको तथ्य पेस गरेका छन् । ‘राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र पनि ढल्यो,’ ओलीले भने, ‘अहिलेको यो अराजकतन्त्र कति समयको पाहुना हो भन्ने कुरा बुझ्न जरुरी छ ।’ आफ्नो अभिव्यक्तिमार्फत उनले राज्यका संयन्त्रहरू अहिलेको सत्ता र परिस्थितिको प्रभावमा परेको संकेत गर्दै परिवर्तनलाई आत्मसाथ गर्न र संयम अपनाउन चेतावनी दिएका हुन् ।

ओलीको यो अभिव्यक्तिले हालको राजनीतिक र प्रशासनिक वृत्तमा तरंग पैदा गरेको छ । विगतमा पनि कडा शैलीमा प्रस्तुत हुँदै आएका ओलीले यो अराजकतन्त्र धेरै चल्न सक्दैन’ भनी दिएको अभिव्यक्तिलाई एमालेको आगामी आक्रामक रणनीति र वर्तमान सरकारसँगको बढ्दो दूरीका रूपमा अर्थ्याइएको छ ।


सम्बन्धित समाचार