Logo

२३ जेठ,काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ।

पार्टीले सोमबार बिहान ९ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ। पार्टी अध्यक्ष राउतका अनुसार सरकारलाई पार्टीले अघि सार्दै आएका एजेन्डाबारे ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन आयोजना गरिएको हो।

काठमाडौंमा रहेका पार्टी समर्थकहरूलाई तोकिएको समयमा माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गरिएको छ।

पार्टीले प्रदर्शनबारे काठमाडौं प्रशासनलाई जानकारी गराउँदै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन अनुरोधसमेत गरेको जनाएको छ।

त्यस्तै, पार्टीले जेठ २४ र २५ गते केन्द्रीय समितिको विस्तारित बैठक पनि आयोजना गर्ने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार