२९ जेठ,काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
काभ्रेका डीएसपी रविन बिष्ट का अनुसार दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको उनले जानकारी दिए।
बा३ ख ८३९८ नम्बरको बस बनेपाबाट रोशी गाउँपालिका–खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















