Logo

७ असार, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्राप्त गरेको जनमतमा राजसंस्था पुनःस्थापनाको पक्षधर मतदाताहरूको पनि ठूलो योगदान रहेको टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाले पाएको मत केवल उक्त पार्टीको एकल प्रयासको परिणाम नभई राजनीतिक परिवर्तनको अपेक्षा राख्ने विभिन्न धारका मानिसहरूको साझा आक्रोश र चाहनाको उपज भएको जिकिर गरे ।

अध्यक्ष लिङ्देनले मञ्चमै रहेका प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै भने, ‘तपाईंहरूलाई पनि थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको मत पनि मिसिएको छ।ू उनले राप्रपाको वैचारिक आधार स्पष्टतः राजसंस्थाप्रति समर्पित भए तापनि, कैयौँ मतदाताहरूले ‘बालेनले राजा ल्याउन सक्छन्’ भन्ने भ्रम वा आशाका कारण आफ्नो पार्टीलाई दिनुपर्ने मत रास्वपालाई दिएको दाबी गरे ।

रास्वपालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्राप्त जनमतलाई केवल आफ्नो जितका रूपमा मात्र नहेरी जनताको विशिष्ट चाहनाको प्रतिनिधित्वका रूपमा लिन र सोहीअनुरूप जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

राजनीतिक विश्लेषकहरूले लिङ्देनको यस भनाइलाई राप्रपाले आफ्नो गुमेको भोट बैंकलाई पुनस् आकर्षित गर्न र रास्वपाको वैचारिक स्पष्टतामाथि प्रश्न उठाउन प्रयोग गरेको रणनीतिक टिप्पणीका रूपमा लिएका छन् । रास्वपाको मञ्चबाटै गरिएको यो टिप्पणीले राजनीतिमा नयाँ र पुराना दलबीचको वैचारिक द्वन्द्वलाई थप सतहमा ल्याएको छ ।


सम्बन्धित समाचार