Logo

१० असार, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ सदस्यता वितरण अभियानलाई तीव्रता दिएको छ ।

सोही योजनाअनुसार पार्टीले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सदस्यता वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यी प्रतिनिधिहरूलाई जिम्मेवारी दिइएको हो ।

नयाँ सदस्यता वितरणमा पार्टीले युवा पुस्ताको सहभागितालाई विशेष प्राथमिकतामा राखेको छ । केन्द्रीय प्रतिनिधिहरूलाई जारी गरिएको कार्यादेशमा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा नै उपस्थित भई सदस्यता वितरण प्रक्रियामा आवश्यक समन्वय, सहजीकरण र अन्य जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।


सम्बन्धित समाचार
भर्खरै