Logo

१० असार, काठमाडौं । भोलि बिहीबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक विशेष कारणवश स्थगित गरिएको छ ।

संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक बस्न नसक्ने जानकारी गराएको हो । संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अब प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ । चितवनमा रास्वपाको महाधिवेशन लम्बिरहँदा यता संसद बैठक सूचना टाँस गरी स्थगित भएको हो ।


सम्बन्धित समाचार