१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
चितवनमा जारी पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीका रूपमा रहेको महामन्त्री पदमा आफूले दाबी प्रस्तुत गरेको जानकारी दिएका हुन् ।
रास्वपाको विधानअनुसार महामन्त्रीमा एक जना निर्वाचित र अर्को एक जना मनोनीत हुने व्यवस्था छ । पराजुलीले महामन्त्री पदका लागि इच्छा जाहेर गरेसँगै यो प्रतिस्पर्धा थप रोचक बनेको छ । उक्त पदका लागि हाल परराष्ट्रमन्त्री शिशिर खनाल र पार्टी प्रवक्ता मनिष झालगायतका प्रभावशाली नेताहरूले पनि दाबी गरिरहेका छन् ।

















